सहाराविहीन बालबालिकालाई नि:शुल्क शिक्षा

तनहुँ | असोज १६, २०८१

सहाराविहीन बालबालिकालाई नि:शुल्क शिक्षा

तनहुँ:    तनहुँको व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर समता विद्यालयले बेसहारा ५५ बालबालिकालाई आवाससहितको निःशुल्क शिक्षा प्रदान गरेको छ । 


व्यास–७ कलेस्तीस्थित विद्यालयले  विपन्न र अभिभावकविहीन बालबालिकालाई उक्त सुविधा उपलब्ध गराएको हो । 


शिक्षाबाट बालबालिका वञ्चित हुन नपरोस भनी विद्यालय स्थापना गरिएको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । 


“म आफैँ शिक्षा क्षेत्रबाट आएको व्यक्ति भएकाले समाजका असहाय बालबालिकालाई गुणस्तरीय शिक्षा दिन यो विद्यालयको स्थापना गरेको हुँ,” उहाँले भन्नुभयो । 


नगरप्रमुख न्यौपानेले विद्यालयलाई नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्